१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले प्रदेश नं ३ को दलको नेतामा पौडेल विजयी



२६ माघ, काठमाडौं ।
नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
रासस

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ००:००