सरकारले केही दिनभित्रै १ सयभन्दा बढी उपसचिव र शाखा अधिकृतलाई गाउँपालिका र नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा पठाउने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफूसँग भएका कर्मचारीलाई तत्काल पठाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार अपुग थप कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग गरेका छन् ।
“हाम्रो मन्त्रालयमा भएका कर्मचारीहरू होलीको विदा सकिने वित्तिकै पठाउँदैछौं,” उनले भने, “अपुग कार्मचारी समान्य प्रशासन मन्त्रालयसँग माग गरेका छौं ।” सामान्य प्रशासनबाट भने कर्मचारी ल्याउन केही समय लाग्ने उनले बताए ।
अहिले पुराना नगरपालिकाहरूमा पहिलेकै कार्यकारी अधिकृतले काम गरिरहेका छन् । नयाँ बनेका गाउँपालिका र नगरपालिकामा भने गाविसहरू गाभिएका छन् । त्यहाँ भने गाविस सचिवमध्ये बरिष्ठले अहिले निमित्त कार्यकारी अधिकृतका रुपमा काम गरिरहेका छन् ।
प्रतिक्रिया