१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका र नगरपालिकाले ‘ग’ बर्गको बैंकसँग पनि कारोबार गर्न पाउने



गाउँपालिका र नगरपालिकाले ‘ग’ बर्गको बैंकसँग पनि कारोबार गर्न पाउने भएका छन् । सरकारले जारी गरेको स्थानीय तह सञ्चालनसम्बन्धि कार्यकारी आदेशले कारोबार गर्न पाउने व्यवस्था गरेको हो । पहिलेका गाविस, नगरपालिका र जिविसले क र ख बर्गका बैंकसँग मात्रै कारोबार गर्न पाउने व्यवस्था थियो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेशमा प्राथमिकताक्रम अनुसार खाता खोल्न भनेको छ । पहिलो प्राथमिकता ‘क’, दोस्रोमा ‘ख’ र अन्तिममा ‘ग’ बर्गको बैंकमा खाता खोल्न निर्देशन दिइएको छ ।

मन्त्रालयका लेखा अधिकृत बसन्तराज पौडेलका अनुसार पछिल्लो समय गठन भएका कतिपय नगरपालिकामा बैंक नहुँदा समस्या देखिएको छ । कृषी विकास बैकको सेवा गुणस्तरीय नभएको तथा क र ख बर्गको बैंक नभएका कारण समस्या भएको हो ।

“अहिले भएकै नगरपालिकाहरूमा पनि समस्या छन् । त्यहि भएर ग बर्गमा खोल्दा केही मात्रामा भए पनि सहज हुनेछ,” पौडेल भन्छन् । यसैगरि पुराना खाताहरू बन्द गरेर नयाँ खाता खोल्नसमेत निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७३, शनिबार ००:००