१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भंगहा नगरपालिकाको बजेट ४२ करोड ५० लाख



१९ माघ, बर्दिवास ।
महोत्तरीको भंगहा नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४÷०७५ का लागि ४२ करोड ५० लाखको विनियोजित बजेट आज पारित गरेको छ ।

सोमबारदेखि शुरु भई आज ९शुक्रबार० सम्पन्न नगरसभाले शिक्षा, कृषि, स्वास्थ्य, सडक सञ्जाल र धार्मिक पर्यटनलाई प्राथमिकता दिएकोनगरका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार चौधरीले जानकारी दिए ।

यसअघिका भङ्गाहा, धर्मपुर, हात्तीसर्वा, मेघनाथगोरहन्ना, सिङ्ग्याही र हरिहरपुर हरिनमरीसहित छ गाविस समेटेर बनेको सो नगरपालिकामा सिद्धनाथ महादेवस्थान, कञ्चनवन र गढीमाई अतिप्राचीन धार्मिकस्थल छन् ।

नगरसभाले ती धार्मिक महत्वकास्थलको विकास गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको नगर प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००