२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयमा लगाइएको ताला खुल्यो



१८ माघ, इलाम ।
इलाम नगरपालिका– १२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ ।

नगरपालिकाबाट विनियोजन भएको २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेको थियो ।

वडाध्यक्षको नेतृत्वमा बुधबार वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका अध्यक्ष भरत घिमिरेले बताए । आगामी दिनमा बाम गठबन्धनलाई समेत समावेश गरी छलफल गर्ने सहमतिपछि तालाबन्दी खोलिएको हो ।

नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर समिति बनाएको भन्दै बाम गठबन्धनले माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।
रासस

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार ००:००