२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयमा गरिएको तालाबन्दी नखुल्दा वडावासी समस्यामा



१७ माघ, मंगलबारे— इलाम ।
इलाम नगरपालिका– १२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ ।

कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् ।

नगरपालिकाबाट विनियोजित २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समिति बनाउने क्रममा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ ।

नेपाली कांग्रेस, संघीय समाजवादी र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर उपभोक्ता समिति बनाइएकाले समानताको माग गर्दै बाम गठबन्धनका दलहरू आन्दोलित बनेको संयुक्त आन्दोलन समिति संयोजक भरत घिमिरेले जानकारी गराए ।

यता वडाध्यक्ष लिम्बू भने पटक पटक बैठकमा बोलाइएको तर आन्दोलित समूहका कोही पनि नआएको बताउछन् । आन्दोलित समूहले गत माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
रासस

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ००:००