८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयस्तरको तहको विवाद टुङ्गो लगाउँदै काभ्रेका न्यायिक समिति



१६, माघ, बनेपा । काभ्रेको स्थानीय तहका न्यायिक समितिहरूले विवाद टुङ्गो लगाउन थालेका छन् । काभ्रेका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ ।

पाँचखाल नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा विवाद दर्ता भएको बताइन् । त्यसमध्ये १० वटा विवादको टुङ्गो लागिसकेको जानकारी दिइन् ।

विवाद निरुपण दुईपक्षीय सहमतिका आधारमा भएको उल्लेख गर्दै नगरपालिकाबाट निरुपण हुन नसकेका विवाद जिल्ला अदालत पठाइएको दनुवारले बताईन् । “दबै पक्षलाई राखेर सहमति गराउनमै जोड दिँदै आएका छौं,” दनुवारले भनिन्, “सहमति नभए पीडित अदालत जान्छन्,”

स्थानीय तहमा नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ । धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले नगरपालिकामा न्यायिक समिति निर्माणको काम अझै बाँकी रहे पनि झै झगडा, साँध, सिमाना, सम्बन्ध विच्छेद र जग्गा विवादका विवाद टुङ्गो लगाइएको जानकारी दिइन् । “न्यायिक काम गरिरहेका छाैं, तर न्यायिक समिति निर्माण भने भएको छैन,” शर्माले भनिन्, “नगरसभाबाट न्यायिक समिति निर्माणको काममा ढिलाइ भएपनि विवाद निरुपणको काम रोकिएको छैन ।”

भुम्लु गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध–सिमाना, अंशबण्डालगायतका विवाद तथा आएका र तीमध्ये अधिकांश विवाद टुङ्गो लगाइएको जानकारी दिइन् ।

“स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिएका छौं,” श्रेष्ठले भनिन् । संविधानको धारा २१७ मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका छ । रासस

प्रकाशित मिति : १६ माघ २०७४, मंगलबार ००:००