६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमा समूहद्वारा सामुदायिक भवन निर्माण



१४ माघ, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिविधि सञ्चालनका लागि उक्त भवन निर्माण गरेका हुन् ।

सडक निर्माण भएपछि प्रयोगविहीन बनेको भरिया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्की सामुदायिक भवन बनाइएको हो । ४ लाख ५१ हजार ५६० को लागतमा एककोठे भवन निर्माण भएपछि भेला, बैठक बस्न, तालीम सञ्चालन र विभिन्न सामाजिक काम गर्नका लागि सहज हुने अपेक्षा गरिएको छ ।

समूहको ६६ हजार ९६८, चन्दा संकलन बाट २ लाख ८४ हजार ६२२ र १ लाख ऋण गरी भवन निर्माण गरेको समूहकी सचिव बिमला शर्मा चालिसेले बताइन् ।

शनिबार भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य विनोद केसीले पूर्वाग्रहबाट टाढा रहेर देश विकासमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
रासस

प्रकाशित मिति : १४ माघ २०७४, आइतबार ००:००