१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिति महासंघमा सुन्दास



१२ माघ, काठमाडौं । जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्षमा सीता सुन्दास निर्वाचित भएका छन् । महासंघको दुई दिनसम्म राजधानीको राष्ट्रियसभा गृहमा भएको परिषद् बैठकले बिहीबार राति सुन्दासको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सुन्दास जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख हुन् ।

यस्तै, उपाध्यक्षमा सन्तमान तामाङ चयन भएका छन् । तामाङ जिसस नुवाकोटका प्रमुख हुन् । महासंघमा अध्यक्ष, उपाध्यक्ष र २३ सदस्य रहने व्यवस्था रहेको छ । पहिले जिल्ला विकास समिति महासंघका रुपमा रहेको उक्त संस्था देश संघीयतामा गएपछि जिल्ला समन्वय समिति महासंघका रुपमा रुपान्तरण भएको हो । रासस

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ००:००