१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तार व्यवस्थापन गर्दै काठमाडौँ महानगरपालिका



४ माघ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवथापनको काम तीव्र बनाएको छ । आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

उनले भने, “सार्वजनिक बिदाको दिन पनि काम गरेका छौँ काम गर्ने थोरै, बिगार्ने धेरै भएपछि सकारात्मक प्रभाव देखिँदैन त्यसका लागि सबै जिम्मेवार हुनुप¥यो ।” संकलन गरिएको तरमध्ये सबैभन्दा बढी संकलित तारमा इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी छन् । संकलित तार टेकुमा राखिएको छ ।

सुरक्षाको दृष्टिकोणले जोखिम बनेका भुईंमा लतारिएको तार, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको प्रमुख नगर प्रहरी निरीक्षक थापाले बताए ।

धुलो संकलन गर्ने, गैरकानूनीरूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तार व्यवस्थापन गर्ने अहिलेको नियमित काम भएको उनले जानकारी दिए ।

सडक विस्तारका क्रममा हालसम्मा कामपाले ३० गाडी बराबरको तार व्यवस्थापन गरिसकेको र अब छिट्टै सबै स्थानका अव्यवस्थित तार संकलन गरिने बताइएको छ ।
रासस

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार ००:००