१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मार्तडीमा खानेपानीका ५ ट्याङ्की निर्माण हुने



४ माघ, बाजुरा ।
बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ ।

मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाममा रहेका होटल व्यवसायी सरकारी तथा गैरसरकारी कार्यालय र स्थानीयवासीले समयमै खानेपानी नआउने र आए पनि एक घण्टा भन्दा बढी नआउने समस्या झेल्दै आएको बताइएका छन् ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले खानेपानी उपभोक्ता समितिलाई नगरमै राखी खानेपानी व्यवस्थित गर्न थालेको बडीमालिका नगरपालिकाको ८ नं वडा अध्यक्ष प्रकाश रावलले बताए ।

उनले सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी उद्योगी, व्यापारी, होटल व्यवसायीलाई सहजरुपमा खानेपानी उपलब्ध गराउनका लागि विभिन्न स्थानमा पाँच वटा ट्याङ्की निर्माण गरिने बताए ।

सदरमुकामभित्रै रहेका भाकम, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला निर्वाचन कार्यालयको पछाडि रहेको जनस्वास्थ्यको जमिनमा, जिल्ला प्रहरी कार्यालयको परिसरमा र रानीवनमा खानेपानीका पाँच ठूला ट्याङ्की निर्माण हुन लागेको नगर प्रमुख पदम बडुवालले जानकारी दिए ।

नगर प्रमुखले दिएको जानकारीअनुसार खानेपानी ट्याङ्की निर्माणका लागि १ करोड १ लाख बजेट प्रथम नगरसभाबाट विनियोजन गरिएकाले सोहीअनुसार एक ट्याङ्की ५० घनमिटरको बनाउने गरी मार्तडी बृहत् खानेपानी उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको बताए ।

खानेपानी पाँच ट्याङ्की निर्माणका लागि रकम कम हुने भएकाले थप गर्नुपर्ने भएको नगर प्रमुख बडुवालले बताए । खानेपानी ट्याङ्की निर्माणपछि समस्याको समाधान हुनेछ । उनले खानेपानी प्रयोगकर्तालाई धारामा टुटी प्रयोग गर्न आग्रह गरेका छन् । धारामा टुटी नलगाउनेको खानेपानीको लाइन काटिने बडुवालको भनाइ छ ।
रासस

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार ००:००