
२९ पुस, राजविराज । राजविराज नगरपालिकाले २०७५/०७६ का लागि ५८ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पहिलो नगरसभामा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नगरसभाको उद्घाटन गर्दै देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने जोड दिए ।
साथै दलहरूबीच राष्ट्रियताको सवालमा सहकार्य आवश्यक रहेको पनि बताए । अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुनेमा यादवले जोड दिए । साथै, उनले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस


प्रतिक्रिया