८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलजीसीडीपीले २०७५ असारसम्म मात्रै सामाजिक परिचालक राख्ने



स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले २०७५ असारसम्म मात्रै सामाजिक परिचालक राख्ने भएको छ । एलजीसीडीपीको राष्ट्रिय सल्लाहकार समिति (न्याक) ले २०७५ पछि नयाँ कार्यक्रममा लागु हुने र त्यसमा सामाजिक परिचालनसम्बन्धि काम नगर्ने निर्णय गरेको छ ।

२०७४ असारमा एलजीसीडीपीको दोस्रो चरण सकिने छ । आगामी साउनदेखि नयाँ कार्यक्रम सुरू नभएसम्मका लागी एक बर्षको ‘बिज्रिङ फेज’ रहने छ । ब्रिजिङ फेजमा भने सामाजिक परिचालक कार्यरत रहने छन् ।

नयाँ स्थानीय तह कार्यान्वयन हुने र निर्वाचित जनप्रतिनिधी आउने भएकाले सामाजिक परिचालक नराख्ने एलजीसीडीपीका राष्ट्रिय कार्यक्रम व्यवस्थापक रेशमलाल कँडेलले स्पष्ट पारे ।

“दोस्रो चरणको कार्यक्रम सकिएको छ । एक बर्षको बिज्रिङ फेजमा यसको समीक्षा गर्ने र नयाँ कार्यक्रमको योजना बनाउने छौं,” उनले भने, “ब्रिजिङ फेज २०७४ साउनदेखि ०७५ असारसम्म रहने छ । त्यो अवधिमा सामाजिक परिचालकहरू रहने छन् ।” मुलुकभरका स्थानीय निकायमा अहिले करिब ४ हजार ६ सय सामाजिक परिचालक कार्यरत छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)ले २०७५ असारसम्म मात्रै सामाजिक परिचालक राख्ने भएको छ । एलजीसीडीपीको राष्ट्रिय सल्लाहकार समिति (न्याक) ले २०७५ पछि नयाँ कार्यक्रममा लागु हुने र त्यसमा सामाजिक परिचालनसम्बन्धि काम नगर्ने निर्णय गरेको छ ।

आगामी बर्षको असारमा एलजीसीडीपीको दोस्रो चरण सकिने छ । आगामी साउनदेखि नयाँ कार्यक्रम सुरू नभएसम्मका लागी एक बर्षको ‘बिज्रिङ फेज’ रहने छ । ब्रिजिङ फेजमा भने सामाजिक परिचालक कार्यरत रहने छन् । नयाँ स्थानीय तह कार्यान्वयन हुने र निर्वाचित जनप्रतिनिधी आउने भएकाले सामाजिक परिचालक नराख्ने एलजीसीडीपीका राष्ट्रिय कार्यक्रम व्यवस्थापक रेशमलाल कँडेलले स्पष्ट पारे ।

“दोस्रो चरणको कार्यक्रम सकिएको छ । एक बर्षको बिज्रिङ फेजमा यसको समीक्षा गर्ने र नयाँ कार्यक्रमको योजना बनाउने छौं,” उनले भने, “ब्रिजिङ फेज २०७४ साउनदेखि ०७५ असारसम्म रहने छ । त्यो अवधिमा सामाजिक परिचालकहरू रहने छन् ।” मुलुकभरका स्थानीय निकायमा अहिले करिब ४ हजार ६ सय सामाजिक परिचालक कार्यरत छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार ००:००