२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण



२६ पुस, बेनी– म्याग्दी ।
सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं ३ घट्टेकुलो र अन्नपूर्णको वडा नं ६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो ।

यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा नं ६ भनेपनि घार भन्ने उल्लेख थियो । जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई वैधानिकता दिएर सूचना प्रकाशित गरेको जनाइएको छ ।

रघुगंगा र धौलागिरिमा केन्द्रको विषय निकै पेचिलो बनेको थियो । दुवै स्थानमा बहुमतबाट केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो । सरकारले स्थायी केन्द्र निर्धारण गरेपछि रघुगंगा र धौलागिरिलाई कार्यालय सञ्चालन र योजनाका कार्य अघि बढाउन बाटो खुलेको छ । निर्णय गरी केन्द्रमा पठाइए पनि लामो समयसम्म राजपत्रमा सूचना प्रकाशित नभएपछि दुवै गाउँपालिकाको काम निकै प्रभावित भएको थियो ।

केन्द्र अन्यौलकै कारण रघुगंगा र धौलागिरिले बेनीबाटै सम्पर्क कार्यालयमार्फत योजना र दैनिक कामकाजको कार्य गर्दै आएका थिए । मौवाफाँट कायम गर्न सरकारलाई सिफारिश गरिएको थियो । जनप्रतिनिधिको सिफारिश अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँटबाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताए ।

भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरी मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिँदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरी सेवा प्रवाह गर्ने जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार ००:००