१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्मार्ट सिटी परियोजनालाई काठमाडौं महानगरपालिकाले छुट्ट्यायो ७ करोड रूपैयाँ



काठमाडौं महानगरपालिकाले स्मार्ट सिटी परियोजना सुरू गर्ने निर्णय गरेको छ । ४४ औं बोर्ड बैठकले परियोजनाका लागी ७ करोड रुपैयाँ विनियोजन गरेको महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।

आगामी १ वर्ष भित्र महानगरको सबै तथ्यांकलाई पूर्ण रुपमा विद्युतीय पद्धतिमा व्यवस्थित गर्न बजे तामाङले जानकारी दिए । यस परियोजनाले घर, जग्गा, जमिन, पाटी, पौवा, खुल्ला क्षेत्र, बाटो, मन्दिरजस्ता पूर्वाधारहरूको तथ्यांक संकलन गर्नेछ ।

महानगरभित्र बस्ने स्थाई तथा अस्थाई बासिन्दाको लगत संकलन गर्ने, कर लाग्ने संरचनाहरूको फोटोसहितको बिबरण तयार पार्नेछ । संकलित बिबरणलाई भौगोलिक सुचना प्रणाली (जीआइएएस) मार्फत एकीकृत गरि सर्बसाधरणले पनि हेर्न सक्ने बनाउने छ । कर बक्यौता र लेनदेनको बिबरणसमेत एसएमएस र इमेलबाट जानकारी लिन र दिन सकिनेछ ।

महानगरबाट प्राप्त सेवा अनलाईनबाट पनि बुझ्न सकिनेछ । केही महिना अघि महानगरले म्युनिसिपल एडमिनिस्ट्रेसन रेभिन्यू सिस्टम (मार्स) लागु गरेको थियो । “मार्सले मात्रै सबै बिबरण संकलन गर्न नसक्ने भएकाले यसैलाई अझ प्रभावकारी बनाउन र तथ्यांक व्यस्थित गर्न स्र्माट सिटी प्रोजेक्ट सुरू गर्न लागिएको हो,” कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने ।

प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार ००:००