२० पुस, चितवन । भरतपुर महानगरपालिकाको पहिलो नगरसभाले ३ अर्ब रुपैयाँको प्रस्ताब गरिएको छ । शुक्रबारदेखि शुरु हुने नगरसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछ । परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने नगर प्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको उनले दाबी गरे ।
“महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ,” उनले भने । सहरी विकास मन्त्रालयबाट प्राप्त बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गर्नेछ ।
“केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङ्रोड र लिङ्क रोड यसैवर्षबाट शुरु गरिनेछ,” उनले भने, “नगरसभामा सिटी हल, चित्रवनमा बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाइनेछ ।” नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ । रासस

प्रतिक्रिया