८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्यटक प्रवेश शुल्कबाट ४ चार करोड ४७ लाख संकलन



१९ पुस सल्लेरी ।
सोलुखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत ४ चार करोड ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले अक्टोबर १ तारिखदेखि शुल्क उठाउन थालको हो । अक्टोबर १ देखि डिसेम्बर अन्तिमसम्म आएका कूल २२ हजार ३५८ पर्यटकबाट प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले शुल्क संकलन गरेको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक २ हजार रुपैयाँ शुल्क लिँदै आएको तर खुम्बु क्षेत्रमा पर्यटन प्रर्वद्धनकाे काम नगरेकाे भन्दै गत असार २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गाउँपालिकाले टिम्स कार्ड निषेध गर्दै प्रवेश शुल्क लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने शेर्पाले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा, थामसेर्कु, कोङ्दे, आमादब्लमलगायत हिमशृङ्खला खुम्बु गाउँपालिका भित्र पर्छ ।
रासस

प्रकाशित मिति : १९ पुस २०७४, बुधबार ००:००