१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरिया नगरपालिकाको बजेट ३९ करोड ६२ लाख

लेखक स्थानीय खबर १४ पुस २०७४, शुक्रबार १ मिनेट पढाइ

१४ पुस, वीरगञ्ज ।
पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभा मार्फत ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोन गरिएको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो ।

नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ तीन करोड ४४ लाख ६५ हजार, पुँजीगत खर्चतर्फ १८ करोड २१ लाख ५४ हजार र सशर्त अनुदानतर्फ १२ करोड ७६ लाख दुई हजार रहेको छ ।

सो बजेटमा शिक्षा, स्वास्थ्य, आयुर्वेद, पशु, पोखरिया अस्पताल, गरिबसंग विश्वेश्वर कार्यक्रम, पोषण कार्यक्रम, सामाजिक सुरक्षा भत्तासमेत गरी चार करोड पाँच लाख ५० हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १४ लाख ६१ हजार, भवन निर्माणतर्फ ५० लाख र समपूरक कोष ५० लाख विनियोजन गरेको छ ।

बजेटमा मानव श्रोतको विकास र पहिले बच्चा जन्मिने बालिकालाई ३५ दिनभित्र जन्मदर्ता गराएमा उनको आमालाई एकमुष्ट १० हजार विवाह बीमा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
रासस

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।