७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण काढेर सामुदायिक स्वास्थ्य भवन निर्माण



१३ पुस, कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् । स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर चार लाखमा भवन निर्माण गरिएको हो ।

स्थानीयस्तरबाट रकम संकलन हुने आशमा उधारोमा सामग्री खरिद गरी भवन निर्माण गरिएको हो । स्थानीयस्तरमा सहयोग संकलन नभएपछि समितिका संयोजक भण्डारी अप्ठेरोमा परेका छन् ।

सहयोग पाउने आशमा भवन बनाइयो, ऋणमा परियो, उनले भने, “सहयोग नपाईएपछि ऋण तिर्न गाह्रो भएको छ ।” सामुदायिक वन र निर्माण व्यवसायीबाट सहयोग हुने आशा राखिएको थियो । तीन चारवटा सामुदायिक वनले सहयोग गर्ने इच्छा देखाएका थिए ।

भवन निर्माणपछि समितिका संयोजक भण्डारी कृष्णपुर नगरपालिका तथा जिल्ला समन्वय समितिमा सहयोगका लागि पुगेका छन् । विभिन्न कार्यक्रममा समेत उनले भवन निर्माणको रकमको व्यवस्था गरिदिन भन्दै कुरासमेत राख्दै आएपनि हालसम्म ऋण तिर्नका लागि रकम पाएका छैनन् ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले सहयोग गर्ने आश्वासन दिएका छन् । भण्डारीले नगर प्रमुख हमाललाई भवन निर्माण गर्नका लागि लिएको ऋण तिरिदिनका लागि निवेदन दिएका छन् । नगर प्रमुखले ऋण तिर्नका लागि सहयोगको आश्वासन दिएको उनले बताए ।

स्थानीयलाई गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सामुदायिक स्वास्थ्य केन्द्र बनाउने पहल गरिएको थियो । स्वास्थ्य विभागले गत वर्ष दोमिल्लामा सामुदायिक स्वास्थ्य एकाइ बनाउने निर्णय गरेको थियो ।
रासस

प्रकाशित मिति : १३ पुस २०७४, बिहिबार ००:००