२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो



१२ पुस, भोजपुर ।
भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएको छ । सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार आजदेखि ट्याक्सी सञ्चालन गरिएको हो ।

दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्याइएको संघका कोषाध्यक्ष अर्जुन तामाङले जानकारी दिए । सो रुटमा चल्ने ट्याक्सीको भाडादर एक हजार ५० तोकिएको छ ।

यातायात क्षेत्रमा रहेको अनियमित भाडादरलाई नियन्त्रण गर्दै सर्वसाधारणको सहज सेवाका लागिसमेत ट्याक्सी सञ्चालन गरिएको संघले जनाएको छ । यसअघि भोजपुर–धरान सडकखण्डमा बसले मात्र सेवा दिँदै आएको थियो ।
रासस

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार ००:००