१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकाेटकाे शिवपुरी गाउँपालिकाकाे भवन निर्माण गर्न १ कराेडकाे जग्गा दान



८ पुस, काठमाडौं । नुवाकोटको उत्तर पूर्वमा पर्ने शिवपुरी गाउँपालिकाको भवन निर्माणका लागि एक करोडभन्दा बढी मूल्यपर्ने चार रोपनी जग्गा निःशुुल्क प्राप्त भएको छ ।

शिवपुरीको वडा नं ५ महाकालीको शेराकोबगरमा १ करोड पाँच लाख रुपैयाँ मूल्यको २ रोपनी ३ आना जग्गा महेन्द्रबहादुर महतका नातिहरू नरेश महत र दिनेश महतले दान गरेका हुन् ।

मध्यपहाडी लोकमार्गसँगै रहेका उक्त जग्गा शिवपुरी–६ निवासी उनीहरुले आफ्नो जग्गामा सरकारी भवन बनेर जनताले सेवा पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।

त्यसैगरी महाकालीका गणेशप्रसाद पौडेलले ७ आना, दलबहादुर कार्कीले ५ आना, शिवप्रसाद पोखरेलले ८ आना र सीताराम आचार्यले ८ आना जग्गा निःशुुल्क पास गरेर शिवपुरी गाउँपालिकालाई दिएका छन् ।

विभिन्न जग्गा दाताबाट प्राप्त झण्डै ४ रोपनी जग्गामा शिवपुरी गाउँपालिकाको नाममा प्राप्त भइसकेको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार महत परिवारले दिएको जग्गामा गाउँपालिका कार्यालयको मुख्य भवन बनाइने तयारी गरिएको छ ।

गाउँपालिका प्रमुख रामकृष्ण थापाले ६ जना दाताले दिएको झण्डै ४ रोपनी जग्गा गाउँपालिकाको भवन निर्माणका लागि अत्यन्त महत्वपूर्ण भएको बताए ।

नुवाकोटमा दुई वटा नगरपालिकासहित १२ वटा स्थानीय तहमा आफ्नै कार्यालय भवन निर्माण हुन सकेको छैन । संघीयता कार्यान्वयनसँगै पहिलोपटक निर्वाचित जनप्रतिनिधिले पूर्वाधार तयारमा ध्यान दिएका छन् । रासस

प्रकाशित मिति : ८ पुस २०७४, शनिबार ००:००