२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा पशुपक्षी बीमा प्रभावकारी



५ पुस, लहान ।
सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३९१ पशु र तीन हजार ७०० भन्दा बढी कुखुराको बीमा गरिएको छ ।

आव २०७२/७३ देखि सिरहामा पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालनमा छ । पशुपक्षीको बीमा कार्यक्रम अन्तर्गत चालु आवको साउनदेखि मंसिर सम्ममा लहानस्थित लुम्बिनी जनरल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा पशुपालक किसानले बीमा गराएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले जानकारी दिए ।

उनका अनुसार सिरहामा पशुतर्फ १४० गाई, ६६ भैँसी, १८५ बाख्रा र १२ वटा बँगुरको बीमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत बाली र पशुपक्षीको बीमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने र २५ प्रतिशत किसान स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको प्रमुख डा यादवको भनाइ छ ।

बीमा कार्यक्रमअन्तर्गत चालु आवको हालसम्ममा पशुतर्फ १ करोड ५४ लाख ५८ हजार, पंक्षी (कुखुरा) तर्फ १३ लाख २३ हजारको बीमा भएको लहानस्थित लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका शाखा इन्चार्ज अनिलकुमार यादवले जानकारी दिए । उनका अनुसार बाली तथा पशुपक्षी बीमा कार्यक्रम अन्तर्गत केही महिनाअघि कृषि बालीतर्फ धानबालीको समेत बीमा गरिएको छ ।
रासस

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार ००:००