८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कन्काई नगरपालिकाको बजेट ४० करोड



 

५ पुस, झापा । कन्काई नगपालिकाले आर्थिक बर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेको छ । गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित गरिएको चालू आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रममा कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४० करोड २६ लाख ५५ हजार रुपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन् ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिबाट थप हुनसक्ने अनुदानका साथै कनकाइ नगरपालिकाको आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको छ ।

यसमध्ये चालू खर्च ३ करोड ४६ लाख रुपैयाँ र पूँजीगततर्फ रु २० करोड ९० लाख रुपैयाँ छ । चालु खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम जोडिएको छैन ।

कूल पूँजीगत खर्चमध्ये कृषि तथा पशुपालन क्षेत्रमा ६४ लाख ३० हजार रुपैयाँ, भौतिक पूर्वाधार विकासतर्फ ८ करोड ३२ लाख रुपैयाँ, लक्षित वर्ग कार्यक्रमतर्फ डेढ करोड रुपैयाँ, स्वास्थ्यतर्फ ३० लाख रुपैयाँ, शिक्षातर्फ साढे ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरि उद्योग स्थापनातर्फ १ करोड रुपैयाँ, विपद् व्यवस्थापनतर्फ ७० लाख रुपैयाँ, पर्यटनतर्फ साढे ९६ लाख रुपैयाँ, नदी नियन्त्रणतर्फ १ करोड २० लाख रुपैयाँ र विद्युत विस्तारका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : ५ पुस २०७४, बुधबार ००:००