१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उर्लाबारी २ मा कृषि फार्म सञ्चालन, १० जना लार्इ राेजगारी



३ पुस, उर्लाबारी– मोरङ ।
विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका २ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गरेकी छन् ।

उनले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गरेकी हुन् । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर अर्ग्यानिक तरकारी उत्पादन गर्दैआएकी छन् । तरकारी खेतीसंगै उनले माछापालन, हाँस, कुखुरा पालन समेत गरेकी छन् ।

उर्लाबारी २ मा अढाइ बिगाहा जग्गामा अर्ग्यानिक तरकारी खेती शुरु गरेकी खतिवडाको फार्ममा आलु, प्याज, गोलभेँडा, सिमी, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । जग्गा भाडामा लिएर २८ लाखको लगानीमा शुरु गरेको सो फार्ममा १० जनाले रोजगारीसमेत पाएका छन् ।

फार्मबाट उत्पादित तरकारी केही मात्रामा स्थानीयस्तरमै तथा बाँकी पूर्वका विभिन्न शहरमा बिक्री गर्ने उनको योजना छ । “परम्परागत खेतीलाई छाडेर आधुनिक खेतीमा उन्मुख गराउने उद्देश्यले फार्म खोलेको हुँ,” उनले भनिन्, “युवा पैसा कमाउन विदेश जानुपर्दैन । थोरै लगानीमा स्वदेशमै बसेर कुनै पनि काम गरेर आम्दानी गर्न सकिन्छ ।”

वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यावसायिक एवं अर्ग्यानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको खतिवडाले बताइन् ।
रासस

प्रकाशित मिति : ३ पुस २०७४, सोमबार ००:००