८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम समानुपातिकमा एमाले पहिलो



२९ मंसिर, इलाम ।
प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा एमाले समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले सात हजार २२६ मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले ३१ हजार २४७ र क्षेत्र नं २ मा ३० हजार ३८३ मत प्राप्त गरेको हो । त्यस्तै, नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ हजार ७०६ मत र क्षेत्र नं २ मा २४ हजार ६८६ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार २०४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार २२ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नं १ मा एक हजार ७९० र क्षेत्र नं २ मा एक हजार ५६७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई हजार २२१, क्षेत्र नं २ मा ३५९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नं १ मा २१२ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १०५ मत प्राप्त गरेको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को क मा एमालेले १५ हजार ३५२, नेपाली कांग्रेसले सात हजार ८५१ र माओवादी केन्द्रले एक हजार ५६८ मत प्राप्त गरेको हो । प्रदेशसभा क्षेत्र नं १ ख मा एमालेले १४ हजार २४०, नेपाली कांग्रेसले आठ हजार ७५२ र माओवादी केन्द्रले एक हजार ९७३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नं २ क मा एमालेले १६ हजार २०२, नेपाली कांग्रेसले १४ हजार ३११ र माओवादी केन्द्रले दुई हजार १८४ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्र नं २ ख मा एमालेले ११ हजार ८७१, कांग्रेसले आठ हजार ९६१ र माओवादी केन्द्रले दुई हजार ९६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका थिए । यहाँ प्रदेशसभा क्षेत्र नं १ मा ६४ हजार ४७९ मत खसेको थियो भने चार हजार ५३० मत बदर भएको थियो ।

प्रदेशसभा २ मा ६९ हजार ७४८ मत खसेको थियो भने तीन हजार ५३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले एकलौटी विजय हासिल गरिसकेको छ ।
रासस

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ००:००