२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्र प्रतिशत घरधुरी आधारभूत खानेपानीको पहुँच बाहिर



२८ मंसिर, बैतडी ।
अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ । अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७।६९ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयोजना जीर्ण भएकाले खानेपानीको समस्या बल्झिँदै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताए ।

“जिल्लामा सन् २०१४ मा भएको सर्वेक्षणअनुसार ४० प्रतिशत योजना मर्मत गर्नुपर्ने देखिएको छ ।” उनले भने, “खानेपानी आयोजना निर्माणपछि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएकामा सो समितिले ती आयोजनाको मर्मत सम्भार नगरेकाले जीर्ण बनेका हुन् ।”

जिल्लामा साना ठूला गरेर अहिलेसम्म एक हजार १८५ खानेपानीका आयोजना सञ्चालित भएकामा कतिपय आयोजना मर्मतका लागि थोरै रकम आउने र आयोजना धेरै भएकाले खानेपानी कार्यालयबाट मर्मतको सम्भावना कम भएकाले वर्षौं पुराना आयोजना बन्दसमेत भइसकेको योजना डिभिजन प्रमुख कुँवरले बताए ।

“खानेपानी आयोजनालाई चुस्तदुरुस्त र दिगो बनाउने काम उपभोक्ता समितिको भए पनि ती समितिले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन्” उनले भने, “चालू आवमा ७२ वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन् ।”
रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार ००:००