८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘फागुन ८ गतेभित्र स्थानीय तह कार्यान्वयन, मिति घोषणा र कर्मचारी व्यवस्थापन गरे मात्रै चुनाव सम्भव’



सरकारले फागुन ८ गतेभित्र स्थानीय तह कार्यान्वयन, मिति घोषणा र कर्मचारी व्यवस्थापन गर्न सके मात्रै स्थानीय चुनाव सम्भव भएको निर्वाचन आयोगले बताएको छ । जिविस महासंघले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगकी आयुक्त इला शर्माले समय एकदमै कम रहेका कारण सरकारले चाँडो मिति घोषणा र आवश्यक बन्दोवस्ति गर्नुपर्ने बताईन् ।

८ गतेभित्र मिति घोषणा, स्थानीय तह कार्यान्वयन र कर्मचारी व्यवस्थापन गरे पहिलो चरणको चुनाव बैशाख २१ गते र दोस्रो चरणको जेठ १ गते गर्न सकिने बताइन् । “राजनीतिक दलसम्बन्धि ऐन केही ढिला आए पनि हुन्छ । तर फागुन ८ गतेभित्र मिति घोषणा, कर्मचारी व्यवस्थापन र स्थानीय तहको कार्यान्वयन भइसक्नु पर्छ,” शर्माले भनिन्, “मिति नतोकिसकेको अवस्थामा पनि आयोगले दिनरात काम गरिरहेको छ । ८ गतेभित्र सरकार आवश्यक काम गर्छ भन्नेमा आयोग विश्वस्त छ ।”

नयाँ बन्ने स्थानीय तहको वडा तहसम्म गएर चुनाव गराउनु पर्ने हुँदा कर्मचारी परिचालन जटिल हुन सक्ने बताइन् । फागुन ८ गते आउन केही दिन मात्रै रहेकाले कर्मचारी व्यवस्थापनको तयारीबारे उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गोपाल अर्याललाई जिज्ञासा राखेकी थिइन् । अर्यालले भने कर्मचारी परिचालन गर्न तयार रहेको बताएका थिए । स्थानीय तहकै चुनाव हुने र त्यसैको तयारीमा आयोग रहेको उनले बताइन् । स्थानीय निकायको चुनाव नहुने स्पष्ट पारिन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७३, मंगलबार ००:००