७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाः समानुपातिक मतमा माओवादीको अग्रता



२५ मंसिर, जुम्ला ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा माओवादी केन्द्र ले अग्रता लिएको छ ।

शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवै तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ । जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त गरेको छ । दोश्रो नेपाली कांग्रेस र तेस्रो स्थानमा नेकपा एमालेले मत प्राप्त गरेका छन् । क्रमशः नेपाली कांग्रेसले १० हजार ९२९ र एमालेले भने १० हजार ६९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

उनका अनुसार दुई हजार ४०३ मत ल्याएर नेपाल मजदुर किसान पार्टी चौथो र एक हजार ५८१ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँ स्थानमा छन् । क्रमशः राप्रपा राष्ट्रवादी, नयाँ शक्तिलगायतका पार्टी रहेको उनले बताए ।

खसेको जम्मा ४१ हजार ४५६ मतमा प्रतिनिधिसभातर्फ ३९ हजार ८२ सदर प्रदेशसभातर्फ ३७ हजार ५०९ सदर भएको छ । प्रतिनिधिसभातर्फ दुई हजार ३७४ मत बदर भएकोमा प्रदेशसभामा त्यसको झण्डै दोब्बर तीन हजार ९४७ मत बदर भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जुम्लामा २३ दललाई मतदान भएको बताइएको छ ।
रासस

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार ००:००