१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्की २ मा एमालेका अधिकारी विजयी



२३ मंसिर, पोखरा ।
कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा एमाले का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६६१ मत प्राप्त गरे । जम्मा ७० हजार ६५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । नेता अधिकारीको यो विजय तेस्रोपटक हो ।

उनले २०६४ मा माओवादी नेता झलकपाणि तिवारीलाई पराजित गरेका थिए भने दोस्रोपटक २०७० मा कांग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गरेका थिए । विजयी भएसंगै नेता अधिकारीले आफूलाई मत दिने सबै मतदाताप्रति आभार प्रकट गर्दै अबको पाँच वर्ष समृद्धि र विकासलाई प्राथमिकतामा राखी काम गर्ने उल्लेख गरे ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००