६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर प्रदेश ख मा शेरधन राई, पाँचथर प्रतिनिधिसभा वसन्त नेम्बाङ विजयी



२३ मंसिर
भोजपुर— भोजपुर प्रदेशसभा सदस्य ख मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी भएका छन् । राईले २० हजार ३३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गरे ।

प्रदेश ख मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँचथर— प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका वसन्तकुमार नेम्बाङ विजयी भएका छन् । नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन् ।

कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए । यसैगरी संघीय समाजवादी फोरमका प्रेमराज लावतीले एक हजार ९९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान्का सागर केरुङले एक हजार ५९३, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४१८ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, नेकपा मालेका दीनानाथ घिमिरेले ८९०, नयाँशक्ति पार्टीका दिलबहादुर लावतीले १३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २९५ र मंगोल नेसनल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १९४ मत पाएका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००