५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बु प्रदेश तथा प्रतिनिधसभामा वाम गठबन्धन विजयी



२३ मंसिर, सल्लेरी– सोलुखुम्बु ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएका छन् ।

प्रदेशसभा क मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन् ।

प्रदेशसभा ख मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । राजभण्डारीले कांग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका हुन् । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरेका छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००