१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङमा वाम गठबन्धन विजयी



२३ मंसिर, ताप्लेजुङ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।

प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत प्राप्त गरे ।

प्रदेशसभा निर्वाचन क्षेत्र क मा एमालेका बलबहादुर चाम्चुहाङ १५ हजार ४१७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लीलादेवी बोखिमले १० हजार ९७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ १२ हजार १९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङले सात हजार ५८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००