२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरा क्षेत्र ‘क’ मा वाम गठबन्धन विजयी



२२ मंसिर, बाजुरा ।
बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।

वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याएका थिए । बलदेव रेग्मीले एक हजार ५२९ मतले कांग्रेस गिरीलाई पराजित गरेका हुन् । प्रदेश सभाको लागि निर्वाचन क्षेत्र २ भए पनि प्रतिनिधिसभामा भने एक निर्वाचन क्षेत्र रहेको छ ।

प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार कविराज पण्डितले १० हजार ६३५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका लालबहादुर थापाले १० हजार ७६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

शनिबारसम्म मतगणनासकिने निर्वाचन कार्यालयको भनाइ रहेको छ । बाजुरामा प्रदेशसभा ‘क’ मा १८ हजार ९९६ मत खसेको थियो भने प्रदेशसभा ‘ख’ मा ३३ हजार ९९४ मत गरी जम्मा ५२ हजार ९४५ मत खसेको निर्वाचन कार्यालय बाजुराले बताएको छ । बाजुरामा यो वर्ष ६९ हजार ८३४ मतदाता रहेका थिए ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००