१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम पूर्वमा वाम गठबन्धनकी रोका विजयी



२२ मंसिर, रुकुम ।
रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भएकी छन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएका हुन् ।

जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी भएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पूर्वयुवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएकी रोका माओवादी केन्द्रका उम्मेदवारमध्ये पहिलो विजेता बनेकी छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभाका दुवै क्षेत्रमा पनि माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००