८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ का पाँच जिल्लामा साढे दशलाख मतदाता



१९ मंसिर, कञ्चनपुर ।
दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ मतदाता मतदानमा सहभागी हुने भएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना मतदाता रहेका छन् ।

कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ जना तेस्रोलिंगी रहेका छन् ।

प्रदेश नम्बर ७ मा सबैभन्दा कम मतदाता डडेल्धुरामा रहेका छन् । डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी कुल ८१ हजार ७३२ मतदाता रहेका छन् ।

कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५ मतदाता रहेका छन् । अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ मतदाता रहेका छन् ।

डोटीमा भने ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला गरी कुल १ लाख ६ हजार ५४३ मतदाता रहेका छन् । प्रदेशका अन्य जिल्लामा भने मंसिर १० मा नै निर्वाचन सम्पन्न भइसकेको छ ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार ००:००