९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक



स्थानीय खबर संवाददाता
काठमाडौं, १४ मंसिर

सरकारले सबै स्थानीय तहको नक्सासहित बिस्तृत बिबरण खुल्ने वेभसाईट सार्वजनिक गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मोवाइल एप र सूचना संग्रह गर्ने ब्लग पनि सार्बजनिक गरेको छ ।

सार्वजनिक कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले वेभसाईट बनाएको बताए । “स्थानीय तह कार्यान्वयन भएपछि सूचना व्यवस्थापन, नक्सा र प्रोफाईलको काम गर्छु भन्दै जथाभावी खर्च गर्न खोजिएको छ,” थपलियाले भने, “जथाभावी खर्च रोक्न मन्त्रालयले निशूल्क वेभसाईट बनाएको हो ।”

उनले सबै स्थानीय तहलाई सूचनामैत्री बनाएर सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने दाबी गरे । स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्नेछन् । “वेभसाईट अद्यावधिक नहोला कि भन्ने चिन्ता लिनु पर्दैन, यसका लागी मन्त्रालयले बजेट र जनशक्ति उपलब्ध गराएका छौं,” उनले भने “प्रत्येक स्थानीय तहमा सूचना प्रविधिको तालीमका लागि ६ लाख रुपैयाँ विनियोजन र एक–एक जना सूचना प्रविधि अधिकृत पठाएका छौं ।”

वेभसाईट, मोवाइल एप, सूचना संग्रहको ब्लगबाट जनप्रतिनिधीहरूको बिस्तृत बिबरण, मन्त्रालयबाट जारी भएका परिपत्र, स्थानीय तहको नक्सासहितको बिबरण हेर्न सकिनेछ । वेभसाईट स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)को प्राविधिक टोलीले निर्माण गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहिबार ००:००