१२ चैत्र २०८०, सोमबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा मतदान शुरु



१० मंसिर, दार्चुला ।
दार्चुलामा पहिलो चरण प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शुरु भएको छ । जिल्लाका १२९ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । विकसित घटनाक्रमलाई आधार मानेर सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

जिल्लाभरिका ७८ हजार ५१३ मतदाताले यो निर्वाचनमा सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नगरपालिका ५ को अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान क केन्द्रमा ८४ वर्षीय दिलानन्द बडूले पहिलो मतदान गरेको मतदान अधिकृत डा अम्बिका पोख्रेलले बताइन् ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००