१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङलाई नमूना जिल्ला बनाउनेः अध्यक्ष ओली



७ मंसिर, तुलसीपुर– दाङ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । उनले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको स्पष्ट पारे ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उनको भनाइ छ । उनले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गरे ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताए । अध्यक्ष ओलीले हिंसाको बाटो समातेको नेकपा माओवादी विप्लवलाई प्रश्रय दिनेगरी नेपाली कांग्रेस लागिपरेको आरोप लगाए ।

उनले दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने भन्दै त्यसका लागि नआत्तिन कांग्रेसलाई आग्रह गरे ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००