१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील, सुरक्षा ब्यवस्था कडा



७ मंसिर, डडेल्धुरा ।
डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ । डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल भने सामान्य रहेका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए ।

दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भन्दै डडेल्धुराका स्थानीय तहलाई सुरक्षा संवेदनशीलताका आधारमा दुई तहमा विभाजन गरेको छ ।

जिल्ला सुरक्षा समितिले डडेल्धुराका सातवटा स्थानीय तहमध्ये सुरक्षा संवेदनशीलताका आधारमा चारवटा स्थानीय तहलाई संवेदनशील र तीनवटा स्थानीय तहलाई अति संवेदनशीलतामा विभाजन गरेको छ । जिल्लामा निर्वाचनका लागि थप सुरक्षा बल खटाइने जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्ने भएकाले पनि डडेल्धुरा जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मदतान केन्द्र रहेका छन् । डडेल्धुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नाका साथै म्यादी, जनपथ प्रहरी, सशस्त्र र नेपाली सेना खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००