१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न नेकपाका कार्यकर्ता पक्राउ



६ मंसिर, इलाम ।
निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं ११ सोयाकका सञ्जिव फागो, वडा नं १ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका ८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् ।

एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

इटहरी— निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ९ का ज्योति प्रसाईं रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

निर्वाचन बिरोधी गतिबिधिमा संलग्न रहेको अरोपमा प्रहरीले उनलाई स्थानीय बिपी चोकबाट गए राति पक्राउ गरिएको हो । आवश्यक सोधपुछ र अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ ।

उनीसंगै अहिलेसम्म सुनसरीमा नेकपाका आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००