६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी मतदान केन्द्रतर्फ लागे



६ मंसिर, नुवाकोट ।
मंसिर १० गते हुने निर्वाचनका लागि नुवाकोट जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्रीसहित मंगलबारदेखि नै निर्वाचन केन्द्रतर्फ जान थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत लोकजङ शाहका अनुसार निर्वाचनका लागि दुई हजार ७८ जना कर्मचारी परिचालन गरिएको र ती कर्मचारीले बिहीबार साँझसम्म मतदान केन्द्रमा पुगेर चार किल्ला सीमा निर्धारण गर्ने र शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएका छन् ।

छयालिस जना उम्मेदवार रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि दुई लाख आठ हजार १९१ मतदाताले मत दिने छन् ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००