९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा



५ मंसिर, बेँसीशहर— लमजुङ ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ । निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताएका छन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने बताइएको छ ।

सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसंग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

निर्वाचन आयुक्त पौडेलले मतदातालाई धम्काएर, तर्साएरभन्दा पनि मन जितेर मत माग्न दलहरुलाई आग्रह गरे । जिल्लाको निर्वाचन अवस्था र सुरक्षाबारे जानकारी लिन आयुक्त र क्षेत्रीय प्रशासकसंगै नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेधासी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कमलसिंह बम लगायतको टोली लमजुङ आएको थियो ।

सुरक्षा अधिकारीहरुले राजनीतिक दललाई रातिको समयमा कार्यक्रम नगर्न सुझाव दिएको छ । साथै सुरक्षामा शंका लागेमा प्रशासनलाई जानकारी दिनसमेत आग्रह गरिएको छ ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००