१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतान्त्रिक गठबन्धनको भच्चेकमा आमसभा



५ मंसिर, भच्चेक— गोरखा ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उनले नेपालमा संसदीय व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै कांग्रेसले बहुमत सहितको सरकार बनाउने विश्वास व्यक्त गरे । पौडेलले भने, “अधिनायकवाद र लोकतन्त्रबीचको लडाइँ देखिन्छ । अधिनायकवादमा फस्ने कि लोकतन्त्रमा रमाउने भन्ने निर्वाचनबाट टुंगो लाग्छ ।”

गोरखा २ का उम्मेदवार तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिका लागि आफूलाई जिताएर पठाउन आग्रह गरे । कांग्रेससंगको सहकार्यले मात्रै शान्ति र संविधान कार्यान्वयन हुने उनको भनाइ थियो । एमाले र माओवादी रूपान्तरण हुन नसकेको उम्मेदवार भटृराईको टिप्पणी थियो ।

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले गोरखा २ मा बाबुराम भट्टराईले जितेमा संसद्मा कांग्रेस बलियो शक्ति हुने बताए । व्यक्तिगत पीडा भुलेर पार्टीको आह्वान अनुसार भोट दिन आग्रह गर्दै उनले संविधान र प्रजातन्त्र बचाउन कांग्रेसका उम्मेदवारले जित्नैपर्ने बताए ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधान निर्माणमा डा भट्टराईले निर्वाह गरेको भूमिका प्रशंसायोग्य भएको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई बिनाहिचकिचाहट भोट दिएर जिताउन आग्रह गरे ।

आमसभामा कांग्रेस केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिकी नेत्री करिष्मा मानन्धर, सहिद परिवारका सदस्य दीपक हमाल, कांग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङ, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, गोरखा २ प्रदेशसभा क्षेत्र ख का उम्मेदवार प्रकाशचन्द्र दवाडी लगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे ।

यस्तै सोमबार नै गोरखाको आरुघाटमा आयोजित चुनावी सभालाई नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराई, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, गगनकुमार थापा, गोरखा १ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा १ प्रदेशसभा ख का उम्मेदवार राजेन्द्र बजगाईं लगायतले सम्बोधन गरेको कांग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००