१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पा दरबारसँगै स्रेस्ता जलेको भन्दै १ करोड २८ लाख पेस्की बेरुजु मिनाहा गर्ने निर्णय



रञ्जित तामाङ
काठमाडौं, ५ मंसिर

सरकारले माओवादी द्वन्द्वका क्रममा सामाजिक सुरक्षा भत्ताको स्रेस्ता जलेको भन्दै पाल्पामा १ करोड २८ लाख रुपैयाँ पेस्की बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ ।

२०६२ माघ १८ गते तत्कालिन सशस्त्र विद्रोही नेकपा (माओवादी)को आक्रमणमा परि तात्कालिन पाल्पा जिविसको कार्यालय रहेको पाल्पा दरबार जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । त्यसबेला सबै सक्कल कागजपत्र जलेको भन्दै बेरुजु मिनाहा समितिलगायतका सम्बन्धित संस्थाहरूसँग पाल्पा जिविसले मिनाहका लागी सिफारिस गरेको थियो ।

सिफारिसबमोजिम तत्कालिन मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा बसेको बैठकले गत असोज ९ गते बेरुजु मिनाह समितिले पाल्पाका विभिन्न गाविस र नगरपालिकाको नाममा रहेको उक्त बेरुजु मिनाहा गर्न मन्त्रीपरिषदकाे कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । सोही निर्णय बमोजिम कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले मिनाहका लागी मन्त्रीपरिषदमा फाईल पठाएको छ ।

आर्थिक बर्ष ०६१/६२ मा सामाजिक सुरक्षा भत्ताअन्र्तगतकौ बजेट उपशिर्षक नं. ६९–३–१४५ बाट विभन्न गाविस र नगरपालिकालाई १ करोड २८ लाख रुपैयाँ पेस्की दिएको थियो ।

पाल्पा दरबारसँगै त्यस पेस्कीको स्रेस्ता पनि नष्ट भएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायले पनि २०७३ असार २६ गते बेरुजु मिनाहा समितिमा मिनाहका लागी सिफारिस गरेको थियो ।

सामाजिक सुरक्षा भत्तामा पेश्कीको जोखिम

०६० भन्दा यता गाविस सचिव र नगरपालिकाहरूले सामाजिक सुरक्षा भत्ताको पेश्की लिने, तर समयमा बेरुजु फछ्र्योट नगर्ने परिपाटीले सरकार हैरान हुँदै आएको थियो ।

पेस्की लिने र समयमा फर्छ्याेट नगर्ने परिपाटीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको कूल बेरुजुको अंशमा पनि उल्लेख्य बृद्धि भयो ।

भए पछि मन्त्रालयले केही बर्षअघि पेस्की फछ््र्योट नभएसम्म अर्को पेस्की नदिन जिविसहरूलाई निर्देशन नै दियो । मृत्यु भइसकेका, बसाइँ सरेका, उमेर नाघेका लाभग्राहीको लगतकट्टा नगर्ने, कागजपत्र दुरुस्त नराख्ने कारणले पनि पेश्की फर्छ्याेट गर्न आनाकानी गर्दै आएका थिए ।

 

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००