३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता विपरीतका घटना बढेपछि कडाइ



५ मंसिर, जितपुर— कपिलवस्तु ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसंगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितामा कडाइ गर्न थालेको छ ।

मंसिर २१ मा हुने निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तिव्रता दिने क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो बढेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनका कर्मचारीले पूर्व–पश्चिम राजमार्गका विभिन्न बिजुलीका पोल, प्रतीक्षालय, मुख्य बजारका चोकमा टाँगिएका होर्डिङ बोर्ड, तुल ब्यानर तथा पोस्टर हटाउनुका साथै दलका उम्मेदवारलाई त्यस्ता सामग्री आफै हटाउन सचेत पनि गराएको थियो ।

सोमबार जिल्लाको चारनम्बर, गजेहडा, ओदारी, पतरिया लगायतका स्थानमा प्रचार सामग्री हटाएको निर्वाचन अनुगमन अधिकृत लेखनाथ अर्यालले बताए । तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यको निर्वाचन हुने यस जिल्लामा तीन लाख ११ हजार ७६० मतदाता छन् । नौ पदका लागि जिल्लामा २४ दल र स्वतन्त्र गरी १८१ उम्मेदवार चुनावी मैदानमा छन् ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००