२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदान अधिकृतलाई प्रशिक्षण



३ मंसिर, बैतडी ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ ।

मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासंग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए ।

पहिलो चरणको कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १९० जना सहभागी भएका छन् । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका विभिन्न पदका कर्मचारी छनोट गरेर प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यही मंसिर १० गते पहिलो चरणमा हुने चुनावका लागि एक हजार ४५० जना कर्मचरी खटाइने मुख्य निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । कर्मचारीको नामावली तयार पारिसकेको र मंसिर ५ गतेबाट मतदान केन्द्रमा कर्मचारी परिचालन गरिने बताइएको छ ।

बैतडीमा १८२ जना मतदान अधिकृत र १८२ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिने भएका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदानस्थल रहेका छन् ।
रासस

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार ००:००