२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि आफ्नो उम्मेदवारीः सिटौला

लेखक स्थानीय खबर २७ कार्तिक २०७४, सोमबार १ मिनेट पढाइ

२७ कात्तिक, सुरुङ्गा— झापा ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपासंग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताएका छन् । पटक–पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको बताए ।

लोकतान्त्रिक वा वाम गठबन्धन जे भए पनि २०४६ र ०६२/०६३ को जनआन्दोलन जनताले कहिल्यै भुल्ने छैनन् भन्दै उनले भने, “यस क्षेत्रबाटै शुरु भएको जनआन्दोलनले राजसंस्थाको अन्त्य भएको र अब पनि जनताले राजसंस्था नचाहेको हुँदा लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो ।”

राप्रपाले अहिलेसम्म गणतन्त्र स्वीकार नगरिरहेको अवस्थामा क्षेत्र नं ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफूलाई अचम्म लागेको सिटौलाले टिप्पणी गरे ।

“सरकारमा रहेर होस् वा अन्यत्र जहाँ भए पनि यस क्षेत्रको विकासका लागि मैले साढे तीन अर्बका बहुवर्षीय योजना ल्याएको छु” नेता सिटौलाले भने, “२०७० सालको संविधानसभाको निर्वाचनमा जनतालाई दिएको वाचा पूरा गर्दै देशमा नयाँ संविधान ल्याउन आफूले मुख्य भूमिका निर्वाह गरेको यहाँहरुलाई अवगत नै छ, अबको मेरो मुख्य काम विकासमा केन्द्रित हुन्छ ।”
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।