५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै



फागनु २६, खस्यौली । शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहुँच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य राखेको जानकारी दिएको छ ।

संस्थाले नगरपालिकाको ७, ८, ९ र कञ्चन गाँउपालिका–१ स्थित लौसामा शुद्ध खानेपानी उपभोक्तालाई पु¥याउँदै आएको छ ।

सो अवसरमा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले खानेपानीको क्षेत्रमा संस्थाले उल्लेखनीय काम गरेको भन्दै काम गर्नका लागि एकरुपता आवश्यक भएको बताए । उनले सरकारले अघि सारेको खानेपानी योजना हस्तान्तरण हुँदा प्रदेशमातहत आउन थालेको जानकारी दिँदै उपभोक्ता खानेपानीको अधिकारप्रति सचेत हुनथालेको बताए ।

खानेपानी योजनालाई व्यवस्थापन गर्न सके खानेपानी संस्थाले गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बताउँदै नगरप्रमुख कार्कीले नगरपालिकाका सबै वडामा शुद्ध र स्वच्छ खानेपानीको उपभोग उपभोक्ताले गर्न पाउने बताए ।

संस्थाका अध्यक्ष एकदेव पौडेलले खानेपानीमा उपभोक्ताको पहुँच बढाउन प्राविधिक सम्भाव्यता अध्ययनसमेत भएको उल्लेख गरे । स्थानीय उपभोक्ता खडानन्द खनालले विगतमा खोल्सा र इनारको पानी उपभोग गरेर जीवन व्यतित गर्नुपरेकामा खानेपानी संस्थाको स्थापनापछि शुद्ध खानेपानी उपभोग गर्न पाएकामा खुशी व्यक्त गरे ।

नगरपालिकाको ७, ८, ९ र कञ्चन गाउँपालिका–१ का करीब एक हजार २६५ उपभोक्ताले खानेपानीका लागि धारा जडान गरेका छन् । संस्थामा एक हजार ७२५ सदस्य छन् । संस्थाले अन्दाजी तीन कठ्ठा जग्गामा दुई डिपट्युबेल बोरिङ, अपरेटर भवन, शौचालयसँगै ८५ प्रतिशत पाइपलाइन विस्तार गरेको छ ।

सात करोड ३१ लाख बराबरको खानेपानी योजना रहेको संस्थाको ओभरहेड ट्याङ्कीको लागत एक करोड ८२ लाख रहेको थियो । सो ट्याङ्कीको क्षमता तीन लाख ५० हजार लिटर रहेको छ । विसं २०६६ मा संस्था स्थापना भएको थियो । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार ००:००