५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल नगरपालिकामा माटो परीक्षण गरियाे

लेखक स्थानीय खबर ३० बैशाख २०७५, आइतबार १ मिनेट पढाइ

३० वैशाख, नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा माटो परीक्षण गरिएको छ । कृषकबाट प्राप्त १५४ स्थानका माटोको सुझावसहित नमूना परीक्षण गरिएको त्यसको परिणमा केही दिनमै प्रत्येक वडा कार्यालयमा पठाउने तयारी भइरहेको उक्त नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

माटो व्यवस्थापन निर्देशनालयबाट माटो परीक्षण गर्ने ल्याबसहितको गाडी तथा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको माटो विज्ञ प्रविधिक टोली माटो परीक्षणमा सम्लग्न छन् ।

समग्रमा सुनवलको माटोमा प्रप्त प्रतिवेदन अनुसार ५७ प्रतिशत क्षारीय, ३३ प्रतिशत तटस्थ र १० प्रतिशत अम्लीय भएको परीक्षणबाट थाहा भएको छ ।

त्यसैगरी माटोमा भएको प्राङ्गारिक पदार्थको तहगत परिमाण अधिकमा ० प्रतिशत, मध्यममा १० प्रतिशत र निम्नमा ९० प्रतिशत रहेको देखिएको छ ।

बालीनालीलाई आवश्यक पर्ने पोटासियम भने अधिकतममा ८.५ प्रतिशत मध्यममा ३०.५ प्रतिशत र निम्नमा ६१ प्रतिशत भेटिएको छ भने फोस्फोरस ५५.८ प्रतिशत मध्यममा ३१.८ प्रतिशत र निम्नमा १२.४ प्रतिशत रहेको तथ्य पाइएको छ ।

सुनवल नगरपालिकाको १३ वटै वडामा कृषि अधिकृत रिमबहादुर थापासहितको माटो विज्ञको टोलीबाट वैशाख २४ गतेदेखि माटोको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।