३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउनदेखि स्थानीय तहमा एकीकृत सम्पत्ति कर कार्यान्वयनमा

लेखक स्थानीय खबर १९ चैत्र २०७४, सोमबार १ मिनेट पढाइ

१९ चैत, काठमाडौं ।
आगामी साउन १ गतेदेखि मालपोत लगायत सम्पत्ति सम्बन्धी कर स्थानीय तहले उठाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थाले आगामी आवदेखि स्थानीय तहले एकीकृत सम्पत्ति करलाई नै कार्यान्वयनमा ल्याउनुपर्ने जनाइएको छ ।

अब स्थानीय तहमा ‘सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०७४’ कार्यान्वयनमा आएसंगै स्थानीय तहले नै कर निर्धारणको अधिकार प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । यसबाट स्थानीय तहको आम्दानी बढ्ने निश्चित भएको छ ।

कार्यविधिमा सम्पत्ति मूल्यांकन समिति गठन, सम्पत्तिको विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण, कर असुली, दण्ड र पुरस्कार सम्बन्धी व्यवस्था उल्लेख छ । सम्पूर्ण स्थानीय तहलाई कार्यविधिको अविलम्ब कार्यान्वयन गर्न मन्त्रालयले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

विगतमा एकीकृत सम्पत्ति कर र घरजग्गा करमध्ये कुनै एक कर लगाउन पाउने कानूनी व्यवस्था रहेका कारण काठमाडौं उपत्यकाका नगरपालिका, विराटनगर तथा मध्यतराईका केही नगरपालिकाबाहेक ४८ नगरपालिकामा मात्र एकीकृत सम्पत्ति कर कार्यान्वयनमा आएको र काठमाडौं लगायत १० नगरपालिकामा घर जग्गा कर कार्यान्वयनमा रहेको थियो ।
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।